बंगालादेशी नागरिकलाई बन्धक बनाएको आरोपमा ५ जना पक्राउ

काठमाडौं : नेपाल घुम्न आएका बंगलादेशका नागरिकहरूलाई बन्धक बनाएको आरोपमा प्रहरीले ५ जना भारतीयलाई पक्राउ गरेको छ । आरोपीहरूले ललितपुर महानगरपालिका–१५ स्थित एक घरमा बन्धक बनाएर आफन्तसँग फिरौती मागेको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी अपिल बोहराले जानकारी दिए।
उनीहरूलाई परिसर काठमाडौँ र गौशालाबाट खटिएको टोलीले काठमाडौँका विभिन्न ठाउँबाट पक्राउ गरेको हो । जेठ १४ मा काठमाडौँ जिल्ला अदालतबाट ६ दिनको म्याद लिएर उनीहरूमाथि अनुसन्धान भइरहेको एसपी बोहराले जानकारी दिए ।