आज डिसेम्बर २१, वर्षको सबैभन्दा छोटो दिन

द एभरेष्ट पोष्ट
६ पुष २०८२ १२:०९
आज डिसेम्बर २१, वर्षको सबैभन्दा छोटो दिन

काठमण्डौ-  आज डिसेम्बर २१ तारिख, यस वर्ष सन् २०२५ को सबैभन्दा छोटो दिन हो । खगोल विज्ञानमा यसलाई शीतकालीन अयनांत पनि भनिन्छ ।

आजको दिन सूर्य कर्कट रेखाबाट मकर रेखा अर्थात उत्तरायणबाट दक्षिणायनमा प्रवेश गर्छ । सूर्य सिधै मकर रेखामाथि हुँदा जाडोयाम हुन्छ ।

आजको दिन पृथ्वीको उत्तरी गोलार्धमा दिनको लम्बाई सबैभन्दा छोटो हुन्छ र रात्रिको समय वर्षकै लामो हुन्छ । कुनै वर्ष डिसेम्बर २२ र कुनै वर्ष २१ मा सबैभन्दा छोटो दिन हुने गर्छ ।

त्यस्तै खगोल विज्ञानका अनुसार मार्च २१ र सेप्टेम्बर २३ का दिन दिनरात बराबरी हुन्छन् । सबैभन्दा लामो दिन जुन २१ मा हुने गर्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित

खोज्नुहोस