फिफा विश्वकप २०२६ का लागि २ करोड बढी टिकटको माग
धनगढी । फिफा विश्वकप २०२६ का लागि अहिलेसम्म २ करोड बढी टिकटको माग भएको छ। टिकटको मूल्यमा उच्च वृद्धि गरिएको भन्दै फिफाको आलोचना पनि भइरहेको छ।
टिकटमा अत्यधिक मूल्यवृद्धि गरिएको आलोचना पछि फिफाले विशेष समर्थकका लागि ६० अमेरिकी डलर टिकट दर तोकेको छ।
यो फाइनलसहित १ सय ४ खेलहरुका लागि ६० डलर तोकिएको हो। यो टिकट विशेष गरेर छनोट भएका टोलीका समर्थकका लागि हो। यसअन्तर्गत छनोट भएका राष्ट्रिय टिमसँग नजिक रहेका समर्थकलाई मात्र उपलब्ध गराइनेछ।
फिफा विश्वकप सन् २०२६ को ११ जुनदेखि १९ जुलाईसम्म क्यानडा, मेक्सिको र अमेरिकामा हुनेछ।
