यू-१९ एसिया कपमा नेपाल जितविहीन, तेस्रो खेलमा पनि फराकिलो हार

द एभरेष्ट पोष्ट
२ पुष २०८२ १७:०६
यू-१९ एसिया कपमा नेपाल जितविहीन, तेस्रो खेलमा पनि फराकिलो हार

काठमाडौं । नेपाल यूएईमा जारी यू-१९ एसिया कप २०२५ मा जितविहीन बनेको छ । बुधबार भएको प्रतियोगिताको तेस्रो तथा अन्तिम खेलमा अफगानिस्तानसँग ६ विकेटले पराजित भएसँगै नेपाल जितविहीन बनेको हो । प्रतियोगितामा नेपालले निराशाजनक प्रदर्शन गरेको छ ।

पहिलो खेलमा श्रीलंकासँग पराजित भएको नेपाल प्रतियोगिताको दोस्रो खेलमा भने बंगलादेशसँग खेल गुमाउन पुग्यो । तेस्रो खेलमा नेपालले दिएको १ सय २५ रनको लक्ष्य अफगानिस्तानले २६.५ ओभरमा ४ विकेट गुमाएर पूरा गर्‍यो ।

उसका लागि उजैरुल्लाह नियाजाईले सर्वाधिक ६१, उस्मान सादतले २८, कप्तान महबुब खान र अजिजुल्लाह मियाखिलले समान ११ रनको योगदान दिए । नेपालका लागि बलिङमा अभिषेक तिवारीले दुई, विपिन शर्मा र चन्दन रामले एकएक विकेट सफलता हात पारे । त्यसअघि टस हारेर ब्याटिङको मौका पाएको नेपाल ४६.४ ओभरमा १ सय २४ रन बनाएर अलआउट भयो ।

नेपालका लागि दिलसाद अलीले सर्वाधिक ३४, चन्दन रामले २७, अभिषेक तिवारीले २० तथा रोशन बिश्वकर्माले १२ रन जोडे । बाँकी ब्याटरले भने दोहोरो अंकमा समेत रन जोड्न सकेनन् ।

अफगानिस्तानका लागि जैतुल्लाह शाहीनले तीन, वाहिदुल्लाह जद्रान, नुरिस्तानी ओमारजाई, अब्दुल अजिजले दुई/दुई र सलाम खानले एक विकेट लिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित

खोज्नुहोस