कैलालीबाट एमालेका एक पदाधिकारीसहित ९ नेता चुनावी मैदानमा

द एभरेष्ट पोष्ट
१ पुष २०८२ ११:४७
कैलालीबाट एमालेका एक पदाधिकारीसहित ९ नेता चुनावी मैदानमा

कैलाली । भृकुटीमण्डपमा जारी एमालेको ११औँ राष्ट्रिय महाधिवेशनमा कैलालीबाट पदाधिकारीसहित नौ जना नेता चुनावी मैदानमा उत्रिएका छन् ।

पार्टीको उपमहासचिवमा लेखराज भट्टसहितका नेता चुनावी मैदानमा होमिएका हुन् ।

भट्ट पार्टीका अहिलेका सचिव एवंम् सुदूरश्चिम प्रदेश इन्चार्ज समेत हुन् । भट्टसँगै केन्द्रीय सदस्यमा नादरमुमि राना, गौरीशंकर चौधरी, लीलाकुमारी भण्डारी, कमला ओली, झपटबहादुर रावल, सन्तोशकुमारी शर्मा थापा, द्धारिकाप्रसाद न्यौपाने र डेजी पाण्डे उम्मेदवार रहेका छन् ।

उनीहरू मध्ये उपमहासचिवका उम्मेदवार भट्ट, केन्द्रीय सदस्यका उम्मेदवार लिलाकुमारी भण्डारी, गौरीशंकर चौधरी, कमला ओली र सन्तोशकुमारी शर्मा थापा ओली प्यानलबाट हुन् ।

ओलीको प्यानलमा नसमेटिएपछि कैलाली इन्चार्ज समेत रहेका रानाले स्वतन्त्र उम्मेदवारी दिएका छन् भने झपट रावल, द्धारिका न्यौपाने र डेजी पाण्डे भने ईश्वर पोखरेल प्यानलबाट उम्मेदवार बनेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित

खोज्नुहोस