चालु आर्थिक वर्षको कात्तिकसम्म शोधनान्तर स्थिति ३ खर्बले बचतमा

द एभरेष्ट पोष्ट
३० मंसिर २०८२ १६:३५
चालु आर्थिक वर्षको कात्तिकसम्म शोधनान्तर स्थिति ३ खर्बले बचतमा

काठमाडौं । चालु आर्थिक वर्ष कात्तिकसम्म शोधनान्तर स्थिति ३ खर्ब १८ अर्ब ४० करोडले बचतमा छ ।

निर्यात तथा रेमिट्यान्स आप्रवाहमा आएको सुधारले शोधनान्तर स्थितिमा झनै सुधार आएको हो ।

चालु आव कात्तिकमा रेमिट्यान्स आप्रवाह ३१ प्रतिशतले बढेको छ भने निर्यात ७७ प्रतिशतले बढेको छ । गत आव कात्तिकसम्म शोधनान्तर स्थिति २ खर्ब ५ अर्ब ८३ करोडले बचतमा थियो ।

अमेरिकी डलरमा गत आव कात्तिकमा १ अर्ब ५३ करोडले बचतमा रहेको शोधनान्तर स्थिति चालु आव २ अर्ब २६ करोडले बचतमा छ ।

चालु आव कात्तिकसम्म चालु खाता २ खर्ब ७९ अर्ब ६५ करोडले बचतमा छ । गत आव सोही अवधिमा चालु खाता १ खर्ब ४७ अर्ब ७८ करोडले बचतमा थियो ।

अमेरिकी डलरमा गत आव सोही अवधिमा १ अर्ब १० करोडले बचतमा रहेको चालु खाता चालु आव कात्तिकसम्म १ अर्ब ९९ करोडले बचतमा छ ।

गत कात्तिकसम्म खुद पूँजीगत ट्रान्स्फर ६ अर्ब २१ करोड छ । गत आव सोही अवधिमा यस्तो ट्रान्स्फर २ अर्ब ४७ करोड थियो ।

यसैगरी चालु आव चार महिनामा २ अर्ब ४९ करोड प्रत्यक्ष वैदेशिक लगानी भित्रिएको छ । गत आव सोही अवधिमा प्रत्यक्ष वैदेशिक लगानी ५ अर्ब ७६ करोड थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित

खोज्नुहोस