भिजिट भिसा प्रकरणको अनुसन्धानमा तानिए म्याग्दीका सीडीओ, बोलाइयो गृह मन्त्रालयमा

द एभरेष्ट पोष्ट
३० मंसिर २०८२ १६:२६
भिजिट भिसा प्रकरणको अनुसन्धानमा तानिए म्याग्दीका सीडीओ, बोलाइयो गृह मन्त्रालयमा

काठमाडौं । म्याग्दीका प्रमुख जिल्ला अधिकारी (सीडीओ) बद्रीप्रसाद तिवारी भिजिट भिसा प्रकरणको अनुसन्धानमा तानिएका छन् । भिजिट भिसा प्रकरणको अनुसन्धानमा तानिएसँगै उनलाई गृह मन्त्रालयमा बोलाइएको छ ।

उनलाई सोमबार नै गृह मन्त्रालय तानिएपछि उनको स्थानमा शान्ति सुरक्षा महाशाखामा कार्यरत उपसचिव रवीन्द्र आचार्यलाई पठाइएको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन गरिरहेको बताएपछि गृह मन्त्रालयले उनको जिम्मेवारी खासेर मन्त्रालयमै तानेर जगेडामा राखेको हो । उनलाई गृह मन्क्रालयको अतिरित्त समूह जगेडामा राखिएको हो ।

तत्कालीन गृहमन्त्री रमेश लेखकको निजी सचिव भएर काम गरेका तिवारी अन्ततः अनुसन्धानमा तानिएका हुन् ।

केही दिनअघि मात्रै अख्तियारले भिजिट भिसा प्रकरणमा विशेष अदालतमा दायर गरेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित

खोज्नुहोस