एमाले अध्यक्षमा ओली र पोखरेलले गराए उम्मेदवारी दर्ता
काठ्माण्डौ- नेकपा एमालेको अध्यक्ष पदका लागि केपी शर्मा ओलीले आफ्नो उम्मेदवारी दर्ता गरेका छन् । काठमाडौंको भृकुटीमण्डपमा जारी बन्दसत्रका क्रममा ओलीले केहीबेरअघि अध्यक्ष पदमा उम्मेदवारी दर्ता गराएका हुन् ।
अध्यक्ष पदका अर्का प्रत्यासी ईश्वर पोखरेलले पनि यसअघि नै उम्मेदवारी दर्ता गराइसकेका छन् ।
निर्वाचन कार्यतालिका अनुसार आजै उम्मेदवारको अन्तिम नामावली प्रकाशन हुनेछ भने मतदान भोलि हुने तय भएको छ ।
