अफ्रिकाका एनआरएन नेतृत्वसंग अन्तरक्रिया कार्यक्रम सम्पन्न

द एभरेष्ट पोष्ट
३० मंसिर २०८२ ४:०७
अफ्रिकाका एनआरएन नेतृत्वसंग अन्तरक्रिया कार्यक्रम सम्पन्न

नाइजेरिया, १३ डिसेम्बर

एनआरएनए एकताको खुशीको सन्देश बाडन एनआरएनएका अध्यक्ष महेशकुमार श्रेष्ठले अफ्रिका महादेशका एनआरएन अभियन्ताहरुसंग आज जुम मार्फत अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेका छन् ।

विगत केही बर्षदेखि विवाद र बिभाजनको कारणले अप्ठ्यारोमा परेको अभियान एकता पछि अब पहिलेकै स्वरुप र सक्रियतामा आउने विश्वास ब्यक्त गर्दै अफ्रिकाका एनआरएन अभियन्ताहरुलाई फेरि क्रियाशिल बनाउदै पहिलेकै अवस्थामा पुर्याउन उनले अनुरोध गरे ।

कार्यक्रममा नेपालका लागि केन्याका अवैतनिक वाणिज्यदूत चन्द्र टण्डन , एनआरएनए प्रवक्ता गंगाधर गौतम , सल्लाहकार हिक्मत थापा, अफ्रिका क्षेत्रीय संयोजक कृष्णदत्त भट्ट (केन्या), महिला क्षेत्रीय संयोजक डा. सरिता पान्डे भट्टराई (साउथ अफ्रिका), क्षेत्रीय सह-संयोजक छवि श्रेष्ठ (सेसेल्स ) , क्षेत्रीय सहसंयोजक विकास सुवेदी (घाना) ,क्षेत्रीय महिला सहसंयोजक शान्ति कँडेल भण्डारी (बोत्स्वाना), क्षेत्रीय युवा संयोजक भरत रिजाल (नाइजेरिया), उपसंयोजक सन्तोष उदास (तान्जानिया ) , एनसिसी दक्षिण अफ्रिकाका अध्यक्ष डा. पुष्प भट्टराई , एनसिसी केन्याका उपाध्यक्ष भरत रेग्मी, अन्तर्राष्ट्रिय समितिका मानार्थ परिषद सदस्य मन थापा (नाइजेरिया) र रमेश शर्मा (रवान्डा) को उपस्थिति रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस