एमाले महाधिवेशन : सुरु भयो बन्दसत्र

द एभरेष्ट पोष्ट
२९ मंसिर २०८२ १६:०५
एमाले महाधिवेशन : सुरु भयो बन्दसत्र

काठमाडौं । नेकपा एमालेको ११औं महाधिवेशनको बन्दसत्र सुरु भएको छ । भृकुटिमण्डपमा केहीबेर अघिबाट बन्दसत्र सुरु भएको हो । बन्दसत्रको सुरुमा अध्यक्ष केपी शर्मा ओलीले सम्बोधन गरिरहेका छन् ।

आज बिहान ९ बजे नै सुरु हुने भनिएको बन्दसत्र केन्द्रीय कमिटी बैठक लगायतका कारण सरेर दिउँसो ३ बजेपछि मात्रै सुरु भएको हो ।

हिजो भक्तपुरको सल्लाघारीमा शनिबार उद्घाटन भएको थियो ।

बन्दसत्र सुरु हुनुअघि केन्द्रीय कमिटी बैठक बसेको थियो । बैठकले विधान महाधिवेशनको निर्णय उल्ट्याएको छ ।

केन्द्रीय सदस्यको संख्या बढाउने र स्थायी कमिटी रहने गरी संशोधन गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित

खोज्नुहोस