एनपिएल : पहिलो क्वालिफायरमा सुदूरपश्चिम र विराटनगर भिड्ने

द एभरेष्ट पोष्ट
२१ मंसिर २०८२ १६:२२
एनपिएल : पहिलो क्वालिफायरमा सुदूरपश्चिम र विराटनगर भिड्ने

काठमाडौँ । ओपनरद्वय साम हेजलेट र फाफडु प्लेसिस चम्किएपछि विराटनगर किङ्ग्स नेपाल प्रिमियर लिग (एनपिएल) क्रिकेटको क्वालिफायर–१ मा प्रवेश गरेको छ ।

त्रिवि मैदान कीर्तिपुरमा शनिबार भएको खेलमा विराटनगरले सुदूरपश्चिमलाई ६ विकेटले हरायो । विरानगरका ओपनरद्वय हेजलेट र प्लेसिसले सात ओभरमै ९७ रनको योगफल तय गरेका थिए ।

रोमाञ्चक खेलमा पहिले ब्याटिङको निम्तो पाएको सुदूरपश्चिमले निर्धातिर २० ओभरमा ६ विकेटको क्षतिमा एक सय ४७ रन बनाएको थियो । क्वालिफायरमा पुग्न विराटनगरले उक्त लक्ष्य १३.४ ओभरमै पूरा गर्नु पर्ने थियो । जसमा विराटनगरले ११.५ ओभरमै लक्ष्य भेट्टाउँदै क्वालिफायरमा स्थान बनायो ।

विराटनगरको जितले काठमाण्डुले गोर्खाजलाई धक्का लागेको छ । हारेपनि सुदूरपश्चिम १२ अङ्कसहित यसअघि नै क्वालिफायर–१ मा पुगिसकेको छ । लिग चरणको सात खेलसँगै विजेता विराटनगर १० अङ्कसहित नेट रनरेटका आधारमा काठमाण्डुलाई पछि पार्दै दोस्रो स्थानमा रह्यो ।

समान १० अङ्क बनाएको काठमाण्डु तेस्रो स्थानमा रह्यो । फाइनलमा स्थान बनाउन अब सुदूरपश्चिम र विराटनगरले क्वालिफायर–१ मा मङ्गलबार प्रतिस्पर्धा गर्ने छन् ।

यस्तै काठमाण्डु र लुम्बिनीबिच बुधबार प्लेअफ भिडन्त हुने छ । प्लेअफको विजेताले पहिलो क्वालिफायरमा पराजित हुनेसँग फाइनलमा पुग्न प्रतिस्पर्धा गर्ने छ ।

सुदूरपश्चिमविरुद्ध सनसनीपूर्ण प्रदर्शन गरेको विराटनगरले ११.५ ओभरमा चार विकेटको क्षतिमा एक सय ५० रन जोड्दै पूरा गरेको हो । विराटनगरका लागि फाफ डु प्लेसिसले २० बलमा पाँच चौका र चार छक्काको सहयोगमा ५० रन बनाए ।  प्लेसिस प्लेयर अफ दि म्याच भए ।

साम हिजलेटले २७ बलमा तीन चौका र चार छक्काको सहयोगमा ५१ रन बनाए । मार्टिन गुप्टिलले २३ र प्रतिश जिसीले १३ रन बनाए । बलिङमा सुदूरपश्चिमका अविनाश बोहराले दुई तथा हर्मित सिंहले एक विकेट लिए ।

यसअघि टस हारेर पहिला ब्याटिङ गरेको सुदूरपश्चिमले निर्धारित २० ओभरमा पाँच विकेटको क्षतिमा एक ४७ रन बनाएका थिए । सुदूरपश्चिमका लागि आरिफ शेखले सर्वाधिक अविजित ४५ र इशान पाण्डेले ३८ रन बनाए ।

बलिङमा विराटनगरका कप्तान सन्दीप लामिछानेले तीन तथा प्रतिश जिसीले दुई र बसिर अहमतले एक विकेट लिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस