सुमना श्रेष्ठ उज्यालो नेपाल पार्टीमा ! भन्छिन्– म एकताको पक्षमा

द एभरेष्ट पोष्ट
१८ मंसिर २०८२ १६:२३
सुमना श्रेष्ठ उज्यालो नेपाल पार्टीमा ! भन्छिन्– म एकताको पक्षमा

काठमाडौं ।  रास्वपा परित्याग गरेकी सुमना श्रेष्ठ उज्यालो नेपाल पार्टीको घोषणा सभामा देखिएकी छन् । उज्यालो पार्टीले आयोजना गरेको घोषणा सभालाई सम्बोधन गर्दै उनले नयाँ वैकल्पिक शक्ति अहिलेको आवश्यकता रहेको बताइन् ।

उनले सभालाई सम्बोधन गर्दै भनिन्, “दुई दिनमा युवा पुस्ताले जे गरी देखाए त्यो हामी सबैले कल्पना गर्न सक्दैनौँ । भदौ २३ र २४ गतेको मूल मुद्दालाई अंगिकार गर्नुहोला ।”

उनले भनिन्, “राजनीतिक पार्टी नागरिकको पार्टी बनोस्, म जहिले पनि एकताका लागि उपस्थित हुनेछु ।”

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस