कैलाली ।
इन्जिनियरहरु साझा संस्था सिडेनको प्रदेश कार्यालयको उदघाटन गरिएको छ ।
नेपाली कांग्रेसको शुभेच्छुक संस्था ‘सेन्टर फर डेमोक्रेटिक इन्जिनियर्स’ (सिडेन) देशभरिमै प्रदेश स्तरमा कार्यालय उदघाटन गरिएको यो पहिलो हो ।
धनगढी उपमहानगरपालिका ४ मा रहेको प्रदेश कार्यालयको उदघाटन प्रमुख अतिथि समेत रहेका सिडेनका केन्द्रीय सभापति ई. रवि भुषण झा ले गरेका छन ।
सिडेनका प्रदेश सभापति इन्जिनियर रोशन प्रसाद भट्टको सभापतित्वमा भएको कार्यक्रममा स्वागत मन्तब्य सिडेनका निबर्तमान उपसभापति इन्जिनियर लक्षित पाठकले गरेका थिए ।
सिडेनका प्रदेश तथा जिल्लाका प्रतिनिधिहरु सम्मिलित कार्यालय उदघाटन कार्यक्रमको संचालन सिडेनका सह सचिव इन्जिनियर किरण रावलले गरेका थिए ।