नवजीवन अस्पताललाई सामाजिक सुरक्षा कोषको सम्मान
पश्चिम टुडे, धनगढी १२ मंसिर । सामाजिक सुरक्षा कोष थापाथली काठमाडौंले धनगढीको नवजीवन अस्पताल प्रा.लिलाई सम्मान गरेको छ ।
“कोषमा सुचीकृत भई आ.व. २०८१/०८२मा योगदानकर्ताहरुलाई निरन्तर स्वास्थ्य सेवा प्रवाह गर्ने सेवा प्रदायक स्वास्थ्य संस्थाहरु मध्ये सुदूरपश्चिम प्रदेशबाट सबैभन्दा बढी योगदानकर्ताहरुलाई स्वास्थ्य सेवा प्रदान गर्ने संस्था बन्न सफल भएको”मा कोषले आठौं सामाजिक सुरक्षा दिवस २०८२ को अवसरमा अस्पताललाई सम्मान गरेको हो ।
आठौं सामाजिक सुरक्षा दिवस २०८२ को अवसरमा कोषले काठमाडौंमा आयोजना गरेको भव्य कार्यक्रममा प्रधानमन्त्री सुशिला कार्कीले अस्पतालका कर्मचारी राजेश पाण्डेयलाई सम्मान प्रमाणपत्र प्रदान गर्नुभयो ।
सामाजिक सुरक्षा कोषले उक्त कार्यक्रममा कोषमा बढी योगदान गर्ने नेपालभरिका विभिन्न संघ संस्थालाई समेत सम्मान गरेको थियो ।
