कैलालीमा एक हजार प्रहरी परिचालन
धनगढीः धनगढीमा आज नेपाल कम्युनिस्ट पार्टोको एकता सन्देश सभा हुने भएपछि धनगढीको सुरक्षा व्यवस्था कडा पारिएको छ। धनगढी रङ्गशालमा हुने सभाको सुरक्षा गर्न नेपाल प्रहरी र सशस्त्र प्रहरीलाई फिल्डमा खटाइएको छ।
धनगढीमा हुन लागेको नेकपाको एकता सन्देश सभालाई मध्यनजर गरेर कैलाली जिल्लाभर एक हजार सुरक्षाकर्मी परिचलान गरिएको प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीले बताए। जिल्लाका मुख्य नाका, बजार क्षेत्र र राजमार्ग क्षेत्रमा सुरक्षा व्यावस्था कडा पारिएको प्रमुख जिल्ला अधिकारी रेग्मीले बताए।
एक हजार नेपाल प्रहरी र सशस्त्र प्रहरीमध्ये सबैभन्दा बढी संख्या धनगढी क्षेत्रमा परिचलान गरिएको जिल्ला प्रशासन कार्यालय कैलालीले जनाएको छ।
धनगढीको मुख्य चोक र धनगढी रङ्गशाला क्षेत्र वरपर ठुलो संख्यामा सुरक्षाकर्मीको खटिएका छन्। अहिले क्याम्पस चोक र धनगढी चौराहाबाट नेकपाले जुलुस निकालेको छ।
