विवाह गर्दै अभिनेत्री पूजा शर्मा
काठमाडौं । अभिनेत्री पूजा शर्मा वैवाहिक सम्बन्धमा बाँधिने भएकी छिन्। उनले यही मंसिर २० गते प्रेमी युद्ध बानियाँसँग लगनगाँठो कस्न लागेकी हुन्।
भक्तपुरको साँगामा अवस्थित पाँचतारे होटलमा विवाह समारोह आयोजना गरिएको छ।
पूजा र युद्ध विगत ६ वर्षदेखि प्रेम सम्बन्धमा छन्। यी दुईले मिलेर ललितपुर झम्सिखेलमा रेस्टुरेन्ट समेत सञ्चालन गर्दै आइरहेका छन्।
