शहिद गौरव जोशी स्मृति निसर्ग स्टार सिटी कप फुट्सल प्रतियोगिता २०८२ सम्पन्न
पश्चिम टुडे, धनगढी ११ मंसिर । शहिद गौरव जोशी स्मृति निसर्ग स्टार सिटी कप फुट्सल प्रतियोगिता २०८२ विहिवार सम्पन्न भएको छ ।
प्रतियोगिताको विजेता धनगढी उपमहानगरपालिकाको वडा नं ४ र उपविजेता वडा नं ५ भएका थिए ।
प्रतियोगिताको प्रथम पुरस्कार १ लाख १ हजार र दोस्रो पुरस्कार ५१ हजार रहेको थियो ।

स्टार सिटी क्लबका अध्यक्ष नरेन्द्र शाहको सभापतित्व समापन भएको प्रतियोगिताको प्रमुख अतिथि निसर्ग हस्पिटल एण्ड रिसर्च सेन्टर प्रा.लिका अध्यक्ष तिर्थ पन्त रहेका थिए ।
प्रमुख अतिथि पन्तले शहीद गौरव जोशीको सम्झनामा आयोजना गरिएको प्रतियोगिता हरेक वर्ष संचालन गर्नुपर्नेमा जोड दिनु भयो । उनले स्वास्थ्यका लागि खेलकुद भन्ने उद्देश्यले आफ्नो हस्पिटलले सामाजिक उत्तरदायित्व अन्र्तगत खेलकुद क्षेत्रलाई प्राथमिकतामा राखेको बताए ।

स्टार सिटी क्लवको आयोजनामा संचालन भएको प्रतियोगिता १० र ११ गते २ दिन सम्म संचालन भएको थियो ।
प्रतियोगितामा धनगढी उपमहानगरपालिकाका विभिन्न वडा कार्यालयका प्रतिनिधिहरु, खेलकुदकर्मी, समाजसेवीहरुको सहभागिता रहेको थियो ।
प्रतियोगिताको मुख्य प्रायोजक निसर्ग हस्पिटल, प्रबद्र्धकमा धनगढी उपमहानगरपालिकाको वडा नं ४ को कार्यालय रहेको थियो ।
