सुदूरपश्चिमलाई लुम्बिनीले दियो १ सय ४४ रनको लक्ष्य

द एभरेष्ट पोष्ट
१२ मंसिर २०८२ १३:३५
सुदूरपश्चिमलाई लुम्बिनीले दियो १ सय ४४ रनको लक्ष्य

लुम्बिनी लायन्सले नेपाल प्रिमियर लिग (एनपीएल) मा सुदूरपश्चिम रोयल्ससामु  १ सय ४४ रनको लक्ष्य प्रस्तुत गरेको छ ।

त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको लुम्बिनीले १९.४ ओभरमा सबै विकेट गुमाउँदै  १ सय ४३ रनको योगफल तयार पारेको थियो ।

लुम्बिनीका लागि कप्तान रोहितकुमार पौडेलले ३५, दिलीप नाथले ३१, डार्शी शर्ट र सुुमित महर्जनले १८ १८ र गुल्बदिन नइमले ११ रन बनाए ।

सुदूरपश्चिमका लागि अभिनाश बोहरा र हरमित सिंहले तीन तीन, हेमन्त धामीले दुई तथा स्कट कुगेलेइनले एक विकेट लिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित

खोज्नुहोस