बंगलादेशमा शेख हसिनालाई २१ वर्षको जेल सजाय

द एभरेष्ट पोष्ट
१२ मंसिर २०८२ १४:४७
बंगलादेशमा शेख हसिनालाई २१ वर्षको जेल सजाय

एजेन्सी । बङ्गलादेशकी पूर्व प्रधानमन्त्री शेख हसिनालाई ढाकाको एक विशेष अदालतले भ्रष्टाचार तथा षड्यन्त्रसँग सम्बन्धित तीन वटा धोखाधडीका मुद्दामा २१ वर्षको जेल सजाय सुनाएको छ ।

विशेष न्यायाधीश-५ मोहम्मद अब्दुल्लाह अल मामुनले प्रत्येक मुद्दामा सात-सात वर्षका दरले सजाय तोकेका हुन् । बङ्गलादेशको भ्रष्टाचार विरोधी आयोग (एसिसी)ले गत जनवरीमा शेख हसिना र उनको परिवारका सदस्य विरुद्ध ढाकाको पूर्वाचल क्षेत्रमा सरकारी प्लट गैरकानूनी रूपमा बाँडेको गरेको आरोपमा छ वटा छुट्टाछुट्टै मुद्दा दायर गरेको थियो ।

बाँकी तीन मुद्दाको फैसला आउँदो डिसेम्बर १ मा सुनाइने छ । अदालतले शेख हसिनाका छोरा सजीब वाजेद जोयलाई पाँच वर्षको कैद र एक लाख टाका जरिवाना तोकेको छ । त्यस्तै, छोरी साइमा वाजेद पुतुललाई पनि पाँच वर्षको जेल सजाय सुनाइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित

खोज्नुहोस