अविनाश बोहराले लिए एकै ओभरमा ३ विकेट

द एभरेष्ट पोष्ट
१२ मंसिर २०८२ १३:२९
अविनाश बोहराले लिए एकै ओभरमा ३ विकेट

काठमाडाैं । नेपाल प्रिमियर लिगअन्तर्गत सुदूरपश्चिम रोयल्सका बलर अविनाश बोहराले लुम्बिनी लायन्सविरुद्ध एकै ओभरमा ३ विकेट लिएका छन् ।

टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङमा आएको लुम्बिनी लायन्सले १५ ओभरको समाप्तिमा राम्रो रन रेट कायम गरे पनि १६ औं ओभर टोलीका लागि निकै महँगो साबित भयो।

१६औं ओभरको दाेस्राे बलमा बोहराले गुल्बादिन नायबलाई ११ रनमा पेभेलियन फर्काए । त्यसपछि पाँचाै बलमा रुबेन ट्रम्पलम्यानलाई शून्य र ओभरको अन्तिम बलमा लुम्बिनीका भरपर्दा ब्याट्सम्यान दिलीप नाथलाई ३१ रनमा आउट गरे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित

खोज्नुहोस