जेलभित्रै इमरान खानको ‘हत्या’को खबर फैलिएपछि सनसनी, हजारौँ समर्थक प्रदर्शनमा उत्रिए
इस्लामावाद- पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खान जनवरी २०२५ देखि रावलपिन्डीको जेलमा छन्। उनले बारम्बार जेल प्रशासनबाट दुर्व्यवहार र उत्पीडन भएको उजुरी दिएका छन्।
तर, पछिल्लो पटक इमरान खानको हत्या भएको भन्ने अफवाह तीव्र गतिमा फैलिएको । उनका तीन दिदी-बहिनी नोरीन, अलीमा र उज्माले जेलभित्र आफ्ना भाइसँग भेट गर्न अनुमति मागिरहेका छन् । तर उनीहरूलाई त्यो अनुमति दिइएको छैन । उनीहरूले जेलमा इमरानमाथि क्रूरतापूर्वक आक्रमण गरिएको आरोप लगाएका छन्।
तर, सामाजिक सञ्जालमा तीव्र गतिमा भाइरल भए जस्तो अहिलेसम्म इमरान खानको मृत्यु भएको कुनै ठोस प्रमाण नभेटिएको इन्डिया टुडेले उल्लेख गरेको छ।
हत्याको खबर फेलिएपछि बुधबार दिनभर हजारौँ समर्थकहरूले रावलपिन्डीको अदियाला जेलमा धर्ना दिएका छन् । सामाजिक सञ्जालमा इमरान खान जेलमा मारिएको भन्ने अफवाह फैलिरहेको छ। सामाजिक सञ्जाल एक्स लगायतका प्लेटफर्ममा #इमरानखान ट्रेन्ड हुँदै विभिन्न पोस्टहरू फैलिएका छन् ।
