एसिसी यू-१९ प्रिमियर कप : साउदीले दियो नेपाललाई ११९ रनको लक्ष्य
यूएईमा जारी एसिसी यू-१९ प्रिमियर कपमा साउदी अरेबियाले नेपाललाई २ सय १९ रनको प्रतिस्पर्धात्मक लक्ष्य दिएको छ ।
टस हारेर ब्याटिङको माैका पाएकाे साउदीले निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर २ सय १८ रन बनायो ।
उसका लागि मोहम्मद जुबेर सुनसराले सर्वाधिक ४८, मोहम्मद रेहान सिद्धिकीले ४१, ओमैर अहमद वहाबले ३९, माज्दीले २५, कप्तान रेयान खानले १७ र हाशिर अहमद सज्जादले १६ बनाए ।
नेपालका लागि बलिङमा अशोक धामीले दुई तथा दयानन्द मण्डल, सुशीलबहादुर रावल, सिब्रिन श्रेष्ठ र दर्श सोनारले एक/एक विकेट लिए ।
