सुदूरपश्चिमले कर्णालीलाई दियो १४० रनको लक्ष्य

द एभरेष्ट पोष्ट
९ मंसिर २०८२ १७:५२
सुदूरपश्चिमले कर्णालीलाई दियो १४० रनको लक्ष्य

काठमाडौं । नेपाल प्रिमियर लिग (NPL) मा सुदूरपश्चिम रोयल्सले कर्णाली याक्सलाई १४० रनको लक्ष्य दिएको छ ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङ थालेको सुदूरपश्चिमले पूरा ओभर खेलेर ९ विकेटको क्षतिमा १३९ रन बनाएको छ ।

‌ओपनर जोश ब्राउन गोल्डेन डकआउट हुँदा अर्का ओपनर विनोद भण्डारी ११ रन बनाएर आउट भएका थिए । क्रिस लिनले २० बलमा १८ रन जोडे ।

कर्णालीका लागि कप्तान सोमपाल कामीले पहिलो ओभरको पहिलो बलमै विकेट लिएका थिए । उनले ब्राउन, हर्मित र नरेन साउदलाई आउट गर्दै तीन विकेट लिए ।

नन्दन यादवले दुई तथा मार्क वाट, विपिन शर्मा र युवराज खत्रीले एक-एक विकेट लिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित

खोज्नुहोस