सुदुरपश्चिम रोयल्सले कर्णाली याक्सविरुद्ध पहिला ब्याटिङ गर्ने
काठमाडौं । जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) मा सुदुरपश्चिम रोयल्सले कर्णाली याक्सविरुद्ध पहिला ब्याटिङ गर्ने भएको छ । त्रिवि क्रिकेट मैदानमा सुदुरपश्चिम रोयल्स विरुद्ध कर्णालीका कप्तान सोमपाल कामी टस जितेर पहिला फिल्डिङ गर्ने निर्णय लिएका हुन् ।
सुदूरपश्चि लगातार तेस्रो जितको लक्ष्यमा छ । यसअघि, विराटनगरले काठमाण्डू गोर्खाज्लाई २९ र पोखरा एभेन्जर्सलाई १८ पराजित गरेको थियो ।
यता, कर्णाली पनि लगातार दोस्रो जित चाहन्छ । यसअघि चितवन राइनोजसँग ४ विकेटको हार बेहोरेको कर्णालीले लुम्बिनी लायन्यसलाई ९ विकेटले हराएको थियो ।
