रवि र छविको मुद्दामा सुनुवाइका लागि आज पेसी

द एभरेष्ट पोष्ट
५ मंसिर २०८२ ११:२२
रवि र छविको मुद्दामा सुनुवाइका लागि आज पेसी

रुपन्देही। राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र पूर्व डिआइजी एवम् तत्कालीन गोर्खा मिडियाका सञ्चालक छविलाल जोशीको मुद्दामा आज पेसी तोकिएको छ।

यसअघि कार्तिक २७ गते भएको सुनुवाइमा सर्वोच्च अदालतबाट मुल अभियोगको सक्कल मिसिल मगाउने आदेश भएको थियो।

बुटवलको सुप्रिम सहकारी ठगीको मुद्दामा पुर्पक्षका लागि थुनामा रहेका लामिछानेले सहकारीमा अपचलन गरेको आफ्नो भागको बिगो रकम दाखिल गर्दा पनि जिल्ला अदालतका न्यायाधीश नारायण सापकोटाको इजलासले साउन २६ रुपन्देहीले रिहा गर्न अस्वीकार गरेको थियो।

जिल्लाको आदेशविरुद्ध लामिछानेले गत भदौ ९ गते उच्च अदालतमा निवेदन दर्ता गराएका थिए।

अदालतले लामिछाने र जोशीको मुद्दा एउटै साथ हेर्न यसअघि नै आदेश दिएको थियो। आज पेसी तोकिएपछि दुवै पक्षका कानुन व्यवसायीहरू बहसमा सहभागीका लागि तयारी गरेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस