सिमरा विमान क्षेत्रमा तनाव बढेपछि सबै उडान रद्द

द एभरेष्ट पोष्ट
४ मंसिर २०८२ १५:२३
सिमरा विमान क्षेत्रमा तनाव बढेपछि सबै उडान रद्द

सिमरा विमानस्थल क्षेत्रमा तनाव बढेपछि बुधबार सिमराका लागि निर्धारित सबै उडान रद्द भएका छन् । स्थानीय प्रशासनले  सिमरा एर्पोटमा मध्याह्नदेखि साँझ ८ बजेसम्म कर्फ्यू जारी गरेसँगै उडानहरू प्रभावित भएका हुन्।

सिमराका लागि बुद्ध एयरको आज एक मात्र उडान भएको थियो। त्यो उडानमा नेकपा एमालेका नेताहरू जाने तयारी भएपछि जेनजीहरुले सिमरा एर्पोटमा प्रर्दशन गरेसँगै विमानस्थल तनावग्रस्थ भएको थियो ।

जेनजी विद्रोहपछि काठमाडौंबाट सिमराका लागि हुने सबै उडानहरू रद्द गरिएका हुन् । विमानस्थलमा उडान बन्दसँगै सुरक्षा संवेदनशीलता बढेपछि कर्फ्यू  जारी गरेको बाराका प्रमुख जिल्ला अधिकारी धर्मेन्द्रकुमार मिश्रले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित

खोज्नुहोस