नेत्रहीन महिला टी–२० विश्वकप क्रिकेटमा नेपालले पाकिस्तानलाई १० विकेटले हरायो

द एभरेष्ट पोष्ट
३ मंसिर २०८२ १४:२९
नेत्रहीन महिला टी–२० विश्वकप क्रिकेटमा नेपालले पाकिस्तानलाई १० विकेटले हरायो

भारत र श्रीलंकामा संयुक्त रूपमा आयोजित नेत्रहीन महिला टी–२० विश्वकप क्रिकेट प्रतियोगिताको मंगलबार सम्पन्न खेलमा नेपालले पाकिस्तानलाई १० विकेटको फराकिलो अन्तरले हराएको छ ।

एक सय ७१ रनको लक्ष्य पछ्याउँदै जवाफी ब्याटिङमा ओर्लिएको नेपालले १३ ओभरमै कुनै पनि विकेट नगुमाइ एक सय ७३ रन बनायो ।

नेपाली टोलीको जितमा ओपनर विनिता पुनले केवल ५४ बलमा अविजित एक सय सात रनको योगदान गरिन् ।

अर्की ओपनर मनकेशरी चौधरीले पनि ३१ बलमा अविजित ४३ रनको योगदान गरिन् ।

नेपाली टोलीले अतिरिक्त रूपमा पनि २३ रन पाएको थियो ।

नेपाल यसअघि नै सेमिफाइनलमा पुगिसकेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित

खोज्नुहोस