एनपीएल: कर्णालीसँगकाे खेलमा टस जितेर बलिङ गर्दै चितवन
काठमाण्डाै – दाेस्राे संस्करणकाे नेपाल प्रिमियर लिग (एनपीएल) मा कर्णाली याक्ससँगकाे खेलमा चितवन राइनाेजले टस जितेकाे छ ।
कीर्तिपुरकाे त्रिवि क्रिकेट मैदानमा चितवनका कप्तान कुशल मल्लले बलिङ राेजेका छन् । एनपीएलमा यसअघि यी दुई टाेलीबीच अघिल्लाे संस्करणमा दुई पटक भेट भएकाेमा दुइटै खेलमा कर्णाली विजयी भएकाे छ ।
यसअघि हिजाे भएकाे उद्घाटन खेलमा अघिल्लाे संस्करणकाे विजेता जनकपुर बाेल्ट्सलाई हराउँदै काठमाण्डाै गुर्खाजले विजयी शुरुआत गरेकाे छ ।
एनपीएलमा जनकपुर, काठमाण्डौ, विराटनगर किङ्ग्स, चितवन राइनोज, कर्णाली याक्स, लुम्बिनी लायन्स, पोखरा एभेन्जर्स र सुदूरपश्चिम रोयल्स गरी आठ वटा टोली सहभागी छन् । प्रतियाेगिताकाे फाइनल खेल यही मङ्सिर २७ गते हुनेछ ।
