दुर्गा प्रसाई मध्यरातमा पक्राउ
काठमाडौं,२ मंसिर । प्रहरीले मध्यरातमा दुर्गा प्रसाईंलाई पक्राउ गरेको छ ।
जिल्ला प्रहरी परिसर काठमाडौं र काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले भक्तपुरस्थित घरबाट प्रसाईंलाई पक्राउ गरेको हो ।
ऋण मिनाहा लगायतका माग राखी आन्दोलनको तयारीमा रहेका प्रसाईलाई प्रहरीले हिंसा भड्किने गरी अराजक गतिविधि गर्न अभिव्यक्ति दिएको आरोपमा सोमबार मध्यरातमा पक्राउ गरेको हो।
यसअघि १५ चैतको हिंसात्मक आन्दोलनपछि पक्राउ परेका प्रसाईं अदालतको आदेशपछि छुटेका थिए ।
