हार्डवेयर व्यवसायी संघ कैलालीको अध्यक्षमा पुनः शाही
धनगढी: कैलाली हार्डवेयर व्यवसायी संघको अध्यक्षमा कुबेरबहादुर शाही पुनः निर्वाचित भएका छन्। संघको १३ औँ वार्षिक साधारण सभा तथा पाँचौँ अधिवेशनबाट शाही पुनः अध्यक्ष बनेका हुन्।
शनिबार धनगढीमा अधिवेशन सम्पन्न भएको हो। यसअघि पनि अध्यक्षमा शाही निर्वाचित भएका थिए। शाहीले हार्डवेयर व्यवसायलाई व्यवस्थित, आधुनिक र प्रतिस्पर्धी बनाउन संघले आगामी दिनमा अझ प्रभावकारी भूमिका निर्वाह गर्ने बताएका छन्।
यस्तै संघको बरिष्ठ उपाध्यक्षमा राजेन्द्र चन्द, उपाध्यक्षमा बलबहादुर खड्का र जयप्रकाश चौधरी चयन भएका छन्। महासचिवमा धर्मराज जोशी, सचिवमा गणेश जोशी र कोषाध्यक्षमा सर्वण चौधरी निर्वाचित भएका छन्।
सदस्यतर्फ प्रन्जल गुप्ता, सुरेन्द्र प्रसाद जोशी, चक्र सोडारी, डम्बर प्रसाद जैसी, यज्ञराज जोशी, शङ्कर साउद, जय कुँवर र बिरेन्द्र बोगटी चयन भएका छन्।
