अमेरिकी इतिहासकै लामो सरकारी सटडाउन अन्त्य हुने संकेत

द एभरेष्ट पोष्ट
२५ कार्तिक २०८२ १२:४७
अमेरिकी इतिहासकै लामो सरकारी सटडाउन अन्त्य हुने संकेत

अमेरिकी सिनेटरले देशको इतिहासमा सबैभन्दा लामो सरकारी बन्द अन्त्य गर्न सक्ने सम्झौतालाई अनुमोदन गरेका छन्। सिनेटमा रिपब्लिकन नेतासँग भएको सम्झौतालाई डेमोक्र्याटिक सांसदको समूहले समर्थन गरेको हो।

यो ४० दिनको गतिरोध पछि बन्द अन्त्य भएको पहिलो संकेत हो। यो सम्झौताले सरकारी सेवा पुनः सुरु गर्ने बाटो खोल्न सक्छ।

तर सम्झौता अमेरिकी कांग्रेसले अझै पारित गर्न बाँकी छ। सिनेटमा डेमोक्र्याटहरूको विरोधले प्रक्रियालाई ढिलो बनाउन सक्छ।विगत केही हप्तादेखि बन्दका कारण अमेरिकाभरि लाखौं सरकारी कर्मचारी  तलबविहीन भएका छन् भने सेवा  अवरुद्ध भएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित

खोज्नुहोस