कर्णाली प्रदेशमा विश्व भोकमरी सूचाङ्क–२०२५ को प्रतिवेदन सार्वजनिक
कर्णाली- कर्णाली प्रदेशमा विश्व भोकमरी सूचाङ्क–२०२५ को प्रतिवेदन सार्वजनिक गरिएको छ । शून्य भोकमरी अभियानलाई टेवा पुर्याउन कर्णाली सरकारले खाद्य सम्प्रभुता ऐन, प्राङ्गारिक कृषि ऐन, कृषि व्यवसाय प्रवर्द्धन ऐन, कृषि रणनीतिका साथै परागशेचन रणनीतिको (मस्यौदा) तयार गरेको दाबी छ ।
प्रतिवदेनले नेपालमा पुड्कोपन हटाउन नसकिए पनि ख्याउटेपन, बाल मृत्युदरमा सुधार आएको उल्लेख गरेको छ । दीगो विकास लक्ष्य अनुसार पोषणसम्बन्धी बहुआयामिक कार्यक्रम कार्यान्वयन गर्नसके भोकमरी शून्यमा झार्न सकिएको प्रतिवेदनमा उल्लेख छ ।
नेपालले सन् २०३० सम्म भोकमरी अन्त्य गर्ने लक्ष्य राखे पनि नेपालमा कूल जनसङ्ख्याको ५.२ प्रतिशत जनसङ्ख्या गम्भीर भोकमरीको समस्यामा रहेको छ ।
