जेनजी आन्दोलनमा प्रहरी कार्यालयबाट लुटिएका सामानसहित अछामको मल्लेकका युवक पक्राउ

द एभरेष्ट पोष्ट
२४ कार्तिक २०८२ १२:२५
जेनजी आन्दोलनमा प्रहरी कार्यालयबाट लुटिएका सामानसहित अछामको मल्लेकका युवक पक्राउ

काडमाडौं : जेनजी आन्दोलनमा प्रहरी कार्यालयबाट लुटिएका सामानसहित युवक पक्राउ परेका छन्।

नेपाल प्रहरीको ट्रयाक सुट लगाएर हिँडिरहेको  अवस्थामा अछामको मल्लेक गाउँपालिका– ७ घर भई हाल काठमाडौंको बुढानिलकण्ठ नगरपालिका– १२ कपन बस्ने २२ वर्षीय अमृत साउँदलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ।

उनको कोठा खानतलासी गर्ने क्रममा भदौ २४ गतेको जेनजी आन्दोलनका क्रममा प्रहरी प्रभाग कपनबाट लुटिएको सामान पनि बरामद गरिएको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार उनको साथबाट कम्प्युटर, सीपीयू, प्रिन्टर मेसिन, बर्सादी, बुट र तरबार बरामद गरिएको छ। उनलाई अनुसन्धानका लागि प्रहरी वृत्त बौद्धमा राखिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित

खोज्नुहोस