गृहमन्त्री अर्याल र प्रधानमन्त्री कार्कीविरूद्ध राजावादीको प्रदर्शन
काठमाडौं । राजावादी शाही युवाशक्ति नेपाल केन्द्रीय समितिले ‘जेनजी पुस्ता, जनता र राजा एक हौं, देश बचाऔं’ भन्ने नारासहित प्रदर्शन गरेको छ ।
सोही संगठनले शनिबार सामाखुसीदेखि वनस्थलीसम्म र्यालीसहित प्रदर्शन गरेको हो। सामाखुसीबाट र्याली सोरखुट्टे जान लाग्दा प्रहरीले रोकेपछि वनस्थली गएर सभा शुरु भएको थियो । उनीहरूले गृहमन्त्री ओम प्रकाश अर्याल र प्रधानमन्त्री सुशीला कार्कीविरुद्ध नारा लगाएका थिए।
