हङकङ सिक्सेस : भारतविरुद्ध नेपाल ९२ रनले बिजयी
काठमाडौं । हङकङमा जारी हङकङ सिक्सेस प्रतियोगिताअन्तर्गत भारतविरुद्ध नेपालले जित निकालेको छ । प्रतियोगितामा नेपालको यो पहिलो जित हो ।
आजै भएको समूह चरणको खेलमा नेपाल दक्षिण अफ्रिकासँग चार विकेटले पराजित भएको थियो भने श्रीलङ्कासँग तीन विकेटले पराजित भएको थियो। त्यस्तै हिजो भएको खेलमा नेपाल अफगानिस्तानसँग पराजित भएको थियो ।
पहिले ब्याटिङ गरेको नेपालले निर्धारित छ ओभरमा नटआउट हुँदै १३७ रन बनाएको थियो। नेपालविरुद्ध उत्रिएको भारतले ४५ रन बनाएको हो ।
