कांग्रेसले बोलायो केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक

द एभरेष्ट पोष्ट
२३ कार्तिक २०८२ ११:२९
कांग्रेसले बोलायो केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक

काठमाडौँ– नेपाली कांग्रेसले केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक बोलाएको छ।

बैठक शनिबार दिउँसो १ बजे  पार्टीको केन्द्रीय कार्यालय, बी.पी. स्मृति भवनमा बस्ने छ।

बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी, सदस्य, आमन्त्रित सदस्य र सात वटै प्रदेश कार्यसमितिका सभापतिहरूलाई उपस्थितिका आमन्त्रण गरिएको मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए।

बैठकमा कांग्रेसका पूर्व सांसद अफताव आलमको निधनको शोकमा शोक प्रस्ताव पारित गर्ने बताइएको छ। आलमको गएराति साढे २ बजे मृत्यु भएको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित

खोज्नुहोस