सुदूरपश्चिम रोयल्सको ‘कन्फिडेन्स पार्टनर’ बन्यो फोलिड्रम

द एभरेष्ट पोष्ट
२१ कार्तिक २०८२ १७:४०
सुदूरपश्चिम रोयल्सको ‘कन्फिडेन्स पार्टनर’ बन्यो फोलिड्रम

काठमाडाैँ : नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो संस्करणका लागि सुदूरपश्चिम रोयल्सले देशकै ठूलो कपाल प्रत्यारोपण सेवा प्रदायक फोलिड्रमलाई ‘कन्फिडेन्स’ पार्टनरका रूपमा सम्झौता गरेको छ।

यससम्बन्धी सम्झौता फोलिड्रम र सुदूरपश्चिम रोयल्सबीच बिहीबार सम्झौता पत्रमा हस्ताक्षर भएको हो। सम्झौतापत्रमा फोलिड्रमकी चिफ कमर्सियल अफिसर (सीसीओ) पल्लवी बाजोरिया र सुदूरपश्चिम रोयल्सका प्रमुख कार्यकारी अधिकृत (सीईओ) प्रकाश खड्काले हस्ताक्षर गरेका थिए।

सम्झौतापछि बोल्दै सुदूरपश्चिमका सीईओ खड्काले फोलिड्रमसँगको सहकार्यले टिमलाई थप ऊर्जा मिल्ने बताए। उनले भने ‘देशकै ठूलो कपाल प्रत्यारोपण गर्ने फोलिड्रमसँग सहकार्य गर्न पाउँदा हामी खुशी छौँ। यसले मैदानमा पनि ‘कन्फिडेन्स’ बढाउने विश्वास छ।

त्यस्तै फोलिड्रमकी सीसीओ बाजोरियाले ‘कन्फिडेन्स’ पार्टनरका रूपमा यो सहकार्य गर्न पाउँदा निकै उत्साहित भएको बताए। उनले यो सहकार्यले फोलिड्रमलाई काठमाडौँ बाहिर विस्तार हुन पनि ठूलो प्रेरणा मिल्ने विश्वास व्यक्त गरेका थिए।

टिमको मुख्य प्रशिक्षक जगत टमटाको नेतृत्वमा रहेको सुदूरपश्चिम रोयल्सको टोलीमा दिपेन्द्र सिंह ऐरी, आरिफ शेख, बिनोद भण्डारी, अविनाश बोहरा, दिपक बोहरा, मिलन बोहरा, हेमन्त धामी, इशान पाण्डे, टेक रावत, नरेन साउद र दिपेन्द्र थापा जस्ता राष्ट्रिय खेलाडी रहेका छन्। टोलीलाई थप बलियो बनाउन विदेशी खेलाडीहरू स्कट कुग्गेलिजन, क्रिस लिन, हर्मीत सिंह र जोस ब्राउन लगायत आवद्ध छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित

खोज्नुहोस