सामसङले नेपालमा ग्यालेक्सी एमआई १७ सार्वजनिक गर्‍यो

द एभरेष्ट पोष्ट
२१ कार्तिक २०८२ १४:०६
सामसङले नेपालमा ग्यालेक्सी एमआई १७ सार्वजनिक गर्‍यो

काठमाडौं । सामसङले नेपालमा लोकप्रिय ग्यालेक्सी एम सिरिजको नयाँ फोन एम १७ फाइभजी सार्वजनिक गरेको छ ।

प्रिमियम डिजाइन, मजबुत टिकाउपन र अत्याधुनिक एआई सक्षम फिचरसहित आएको यो स्मार्टफोनमा सेग्मेन्टमै पहिलोपटक ओआईएस अर्थात् नहल्लिने क्यामेरा प्रविधि जडान भएको सामसङले जनाएको छ ।

सामसङ इलेक्ट्रोनिक्स नेपालका एमएक्स व्यवसाय निर्देशक प्रणय रत्न स्थापितले प्रिमियम क्यामेरा टेक्नोलोजीलाई यस फोनमार्फत धेरै प्रयोगकर्तासम्म पुर्‍याइने बताए।

यसमा रियल टाइम एआई एसिस्ट फिचर समावेश छ । यसमा रहेको प्रोसेसरले गेमिङ र स्ट्रिमिङमा छरितो तथा ऊर्जा दक्ष प्रदर्शन प्रदान गर्छ ।

६.७ इन्चको सुपर एमोलेड डिस्प्ले रहेको यस फोन धुलो र पानीबाट सुरक्षित बनाइएको छ । २ भेरियन्टमा फोन उपलब्ध छ । ४ जीबी, १२८ जीबीको मूल्य २५ हजार ९९९ रुपैयाँ तथा ६ जीबी १२८ जीबीको मूल्य २७ हजार ९९९ रुपैयाँ तोकिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित

खोज्नुहोस