एन्फा कार्यालय अगाडि फुटबल खेलाडीको धर्ना

द एभरेष्ट पोष्ट
२१ कार्तिक २०८२ १३:३०
एन्फा कार्यालय अगाडि फुटबल खेलाडीको धर्ना

काठमाडौं : अखिल नेपाल फुटबल संघ (एन्फा) कार्यालय अगाडि खेलाडी तथा फुटबल समर्थकले धर्ना दिएका छन्। नेपाल फुटबल खेलाडी संघले खेलाडीको खेल्ने अधिकारमाथि एन्फाले बन्देज लगाएको भन्दै प्रदर्शन गरेको हो।

राष्ट्रिय टिमका अन्जन  विष्ट, विकेश कुथु, विराज महर्जन, रोहित चन्द जस्ता खेलाडी पनि प्रदर्शनमा रहेका छन्। एन्फा र ʻएʼ डिभिजन क्लबहरुबीच अर्को वर्षमात्रै ʻएʼ डिभिजन लिग हुने भन्दा खेलाडी र फुटबलसँग सम्बन्धित व्यक्तिहरुले एन्फा कार्यालय अगाडि धर्ना दिएका हुन्।

फुटबल खेलाडी संघका अध्यक्ष विक्रम लामासहित अन्य पदाधिकारी, खेलाडी, समर्थकले एन्फाको ʻएʼ डिभिजन लिग अर्को वर्षमात्रै गर्ने भन्ने निर्णयमा असहमतिसहित धर्ना दिएका हुन्। स्रोतका अनुसार एन्फा कार्यालयभित्र पदाधिकारी नरहेको बताइएको छ। हाल एन्फा कार्यालयको गेट अगाडि धर्ना बसिरहेका छन्।

खेलाडी संघले यही विषयमा बुधबार नवनियुक्त खेलकुदमन्त्री बब्लु गुप्तालाई ज्ञापनपत्र बुझाएको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित

खोज्नुहोस