सुदूरपश्चिम प्रदेश सभा बैठक यथाशीघ्र सञ्चालन गर्ने निर्णय

द एभरेष्ट पोष्ट
२० कार्तिक २०८२ १७:४१
सुदूरपश्चिम प्रदेश सभा बैठक यथाशीघ्र सञ्चालन गर्ने निर्णय

धनगढी । सुदूरपश्चिम प्रदेश सभाको बैठक यथाशीघ्र सञ्चालन गर्ने सहमती भएको छ ।

प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहको आह्वानमा बुधबार प्रदेश सभामा प्रतिनिधित्व गर्ने राजनीतिक दलको बैठक बसेको थियो ।

सभामुख भीमबहादुर भण्डारी समेत सहभागी बैठकले जेनजी आन्दोलनपछि ठप्प प्रदेश सभाको बैठक यथाशीघ्र सञ्चालन गर्ने निर्णय गरेको मुख्यमन्त्रीको सचिवालयले जनाएको छ ।

सभामुख भण्डारीले बैठकमा प्रदेश सभा बैठक सञ्चालन गर्न सहरी विकास कार्यालयको सहयोगमा मर्मत सम्भार गर्ने तथा विभिन्न दातृ निकायले प्राविधिक उपकरण सहयोग गर्ने बताएका थिए । केही समयभित्र प्रदेश सभा भवन बैठक बस्नेगरि तयार गर्दै शिघ्र बैठक बस्ने निर्णय गरिएको हो ।

जेनजी आन्दोलनका क्रममा २४ भदौमा प्रदर्शनकारीले आगजनी गरेपछि प्रदेश सभाका भौतिक संरचना ध्वस्त भएका थिए ।

यस्तै, बैठकले प्रदेश सरकारका काम कारवाही प्रदेश ऐन र कानुन बमोजिम कार्यान्वयन गर्ने, प्रदेशको सुरक्षा व्यवस्थालाई मजबुत बनाउन सुरक्षा सम्बन्धी २३ र २४ भदौभन्दा पहिला भएको व्यवस्था तत्काल कार्यान्वयन गर्न सरकारले निर्देशन दिने र प्रदेश सुरक्षा समितिको बैठकबाट सुरक्षा सम्बन्धी निर्णय लिइने निर्णय समेत गरेको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित

खोज्नुहोस