जनार्दन शर्मालाई फर्कन प्रचण्डको आग्रह, एकता प्रस्ताव पारित

द एभरेष्ट पोष्ट
१९ कार्तिक २०८२ १६:३४
जनार्दन शर्मालाई फर्कन प्रचण्डको आग्रह, एकता प्रस्ताव पारित

काठ्माण्डौ- नेकपा (माओवादी केन्द्र) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पार्टी छाडेका जनार्दन शर्मालाई बुधबारसम्म एकता प्रक्रियामा समाहित हुन आग्रह गरेका छन्।

माओवादी केन्द्रको मंगलबार बसेको महाधिवेशन आयोजक समितिको अन्तिम बैठकमा संयोजक प्रचण्डले शर्मा सहितको पंक्तिलाई आफूले सँगै लैजान चाहेको पनि बताएका हुन्।

‘जनार्दन शर्माको सन्दर्भमा संयोजक प्रचण्डले उहाँलाई अझै पनि विचार गर्नुस् भन्नुभएको छ। उहाँले शर्मालाई तपाईं फर्कनहोस्। सँगै अगाडि जानुपर्छ भनेर आह्वान गर्नुभएको छ,’ नेता अग्निप्रसाद सापकोटाले भने।

उनले एमालेबाट निष्कासनमा परेका र अलग्गै अभियान चलाइरहेका भीम रावल पनि एकता प्रक्रियामा आउने विश्वास गरेको संयोजक प्रचण्डले बताएका थिए।

त्यस्तै एकीकृत समाजवादीका असन्तुष्ट झलनाथ खनाल, घनश्याम भूसालसहितका नेताहरूसँग पनि कुराकानी भइरहेको केन्द्रीय समिति बैठकमा प्रचण्डले भनेका थिए।

‘सबै लोकतन्त्रवादी शक्तिहरूलाई देशभक्तिपूर्ण आन्दोलनमा अगाडि बढ्न अपिल गनुभएको छ। भीम रावल, झलनाथ, खनाल, घनश्याम भूसालसँग पनि कुराकानी भइरहेको बताउनुभयो,’ नेता सापकोटाले भने।

यद्यपि खनाल र भूसालले एकता प्रक्रियामा नआउने बताइसकेका छन्।

एकीकृत पार्टी कम्युनिस्ट आन्दोलनको मूलधारको रूपमा विकास हुने र अहिलेको परिघटना त्यसैको बलियो प्रमाण भएको सापकोटाले बताए।

यसैबीच एकता प्रस्ताव पारित भएको पनि प्रवक्ता सापकोटाले जानकारी दिए।माओवादीले एकीकृत समाजवादीसहित ८ दलसँग एकता गर्ने सहमति गरेकोमा आजको बैठकले उक्त सहमतिलाई अनुमोदन गरेको उनले जानकारी दिए।

माओवादीले एकीकृत समाजवादीसहित ८ दलसँग एकता गर्ने सहमति गरेकोमा आजको बैठकले उक्त सहमतिलाई अनुमोदन गरेको उनले जानकारी दिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित

खोज्नुहोस