सामसङले सार्वजनिक गर्‍यो ग्यालेक्सी ‘एस २५ एफई’

द एभरेष्ट पोष्ट
१९ कार्तिक २०८२ १२:२५
सामसङले सार्वजनिक गर्‍यो ग्यालेक्सी ‘एस २५ एफई’

 काठमाडौं । सामसङ नेपालले नयाँ ग्यालेक्सी एस २५ एफई सार्वजनिक गरेको छ । यो फोन विशेष रूपमा व्यवसायिक कन्टेन्ट क्रिएटर्सका लागि डिजाइन गरिएको कम्पनीले जनाएको छ । एउटै डिभाइसमा धेरै क्रियटिभिटी तयार हुनेगरी यो फोन बनाइएको सामसङको भनाइ छ । ८ र २५६ जीबीमा यसको मूल्य ९९ हजार ९९९ रुपैयाँ छ ।

‘ग्यालेक्सी एआई र वन युआई ८ द्वारा संचालित एस २५ एफईले भ्वाइस, टच र भिजुअल अन्तक्र्रिया मार्फत सहज र सरल अनुभव प्रदान गर्दछ’ सामसङले भनेको छ ‘भर्चुअल सहायताको लागि जेमिनी लाइभ, व्यक्तिगत अपडेटका लागि नाउ बार र नाउ ब्रिफ तथा अनस्क्रिन जवाफको लागि सर्कल टु सर्च जस्ता सुविधाको साथ यस डिभाइसले दैनिक कार्यहरूलाई पहिलेभन्दा स्मार्ट, छिटो र अझ सहज बनाउँछ ।’

यसमा भएको सुपर एचडीआर मार्फत फोटो र भिडियोका साथै उत्कृष्ट सेल्फी प्रदान हुने सामसङले जनाएको छ । ‘जेनेरेटिभ एडिट, पोट्रेट स्टुडियो, इन्स्ट्यान्ट स्लो–मो र अडियो इरेजरजस्ता फिचरले फोटो र भिडियो इडिटलाई सहज बनाउँछ’ सामसङले भनेको छ ‘अटो ट्रिमको साथ स्वचालित रूपमा उत्कृष्ट भिडियो क्षण पनि चयन गर्दछ, जसले कन्टेन्ट क्रिएसनलाई पहिलेभन्दा स्मार्ट र सजिलो बनाउँछ।’

यसमा ४५ वाटको फास्ट चार्जिङ र प्रभावकारी कुलिङको लागि भेपर चेम्बरको साथ ४,९०० एमएचएच ब्याट्री राखिएको छ । यसमा ६.७ इन्चको डायनामिक एमोलेड डिस्प्ले प्रदान गरिएको छ । सामसङ नेपालका निर्देशक प्रणय रत्न स्थापितका अनुसार सामसङ इन्स्टा फाइनान्समार्फत ० प्रतिशत ब्याजदरमा डिभाइसहरु खरिद गर्न सकिनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित

खोज्नुहोस