नर्सका मागबारे छलफल गर्न आज पनि मन्त्रालयमा बैठक बस्दै

द एभरेष्ट पोष्ट
१८ कार्तिक २०८२ १५:१९
नर्सका मागबारे छलफल गर्न आज पनि मन्त्रालयमा बैठक बस्दै

काठमाडौं । आन्दोलनरत नर्सहरूका माग सम्बोधन गर्न स्वास्थ्य मन्त्रालयमा सोमबार पनि बैठक बस्ने भएको छ ।

नेपाल नर्सिङ संघले नर्सहरूका विभिन्न मागलाई लिएर अस्पताल सञ्चालकसँग शनिबार सहमति गरेको थियो । तर, आइतबार आन्दोलनरत नर्सले विरोध जनाएपछि नर्सिङ संघले आन्दोलनको कार्यक्रम घोषणा गरेको छ ।

एकतर्फी ढंगले निर्णय गरेको आरोप लगाउँदै नर्सहरू आन्दोलित बनेपछि नर्सिङ संघ सहमतिबाट पछि हटेको छ ।

संघले आन्दोलनरत नर्सहरूकै मागअनुसार, आन्दोलनका कार्यक्रम निरन्तरता दिने निर्णय गरेको छ ।

संघका महासचिव देवकुमारी आचार्यद्वारा जारी विज्ञप्तिमा सरकारलाई सम्पूर्ण माग पूरा गर्न ४८ घण्टाको अल्टिमेटम दिइएको छ ।

उक्त सहमति आन्दोलनरत नर्सहरूले विरोध गर्दै आन्दोलन जारी राखेपछि पुनः बैठक बस्न लागिएको नर्सिङ संघर्ष समितिकी संयोजक ज्योति रानाभाटले बताइन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित

खोज्नुहोस