‘जेरी अन टप’ बन्यो १० करोड कमाउने अनमोल केसीको पहिलो फिल्म
काठमाडौं । ‘जेरी अन टप’ १० करोड रुपैयाँ ग्रस कमाउने अनमोल केसी अभिनित पहिलो फिल्म बनेको छ ।
फिल्मले प्रदर्शनको १६ दिनसम्म देशब्यापी १० करोड ५१ लाख ४८ हजार ८०३ रुपैयाँ ग्रस कमाइ गरेको छ ।
चलचित्र विकास बोर्डले सोमबार फिल्मको औपचारिक कमाइको आँकडा सार्वजनिक गरेको हो ।
जसअनुसार, फिल्मले सोही अवधिसम्म ३ लाख ३३ हजार वटा टिकट बिक्री गरेको छ ।
सुयोग गुरुङ निर्देशित यो पर्वतीय एड्भेन्चर- रोमान्टिक फिल्म २०८२ सालको उत्कृष्ट कमाइ फिल्ममध्ये पर्छ । अनमोलसहित फिल्ममा आँचल शर्मा, जसिता गुरुङ, केदार घिमिरेको पनि अभिनय छ ।
