भारतको तेलंगनामा बस र ट्रक ठोक्किंदा २० जनाको मृत्यु

द एभरेष्ट पोष्ट
१८ कार्तिक २०८२ १२:३०
भारतको तेलंगनामा बस र ट्रक ठोक्किंदा २० जनाको मृत्यु

काठमाडौं । तेलंगनाको रंगा रेड्डी जिल्लामा बस र ट्रक ठोक्किँदा २० जनाको मृत्यु भएको छ ।

यो दुर्घटना सोमबार बिहान रंगा रेड्डीको चेवेला प्रहरी चौकीअन्तर्गत पर्ने खानापुर गेट नजिक भएको हो ।

समाचार एजेन्सी एएनआईका अनुसार दुर्घटनामा बसमा सवार २० जनाको मृत्यु भएको छ भने २० जना घाइते छन् । घाइतेहरुमध्ये ३ जनाको अवस्था चिन्ताजनक छ ।

तेलंगानाका मुख्यमन्त्री रेवन्त रेड्डीले दुर्घटनाप्रति दु:ख व्यक्त गर्दै राहत र उद्धार कार्यलाई तीव्रता दिन निर्देशन दिएका छन् ।

प्रधानमन्त्री नरेन्द्र मोदीले पनि घटनाप्रति दु:ख व्यक्त गर्दै पीडित परिवारलाई राहत घोषणा गरेका छन् ।

प्रधानमन्त्री कार्यालयका अनुसार मृतकका परिवारलाई दुई लाख रुपैयाँ र घाइतेहरूलाई पचास हजार रुपैयाँ प्रदान गरिनेछ । यो रकम प्रधानमन्त्री राष्ट्रिय राहत कोषबाट दिइने जनाइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित

खोज्नुहोस