राष्ट्रपति पौडेल र प्रथम महिला सबिताद्वारा छठी माताको पूजा
काठ्माण्डौ- राष्ट्रपति रामचन्द्र पौडेलले प्रथम महिला सबिता पौडेलका साथ छठ पर्व २०८२ का अवसरमा छठी माताको पूजा आराधना गरेका छन् ।
राष्ट्रपति पौडेलले पशुपति क्षेत्रस्थित गुह्वेश्वरी मन्दिर अघि बाग्मती किनार गौरीघाटमा तयार गरिएको छठ पूजास्थलमा पुगेर सोमबार छठी माताको पूजा अर्चना गरेको राष्ट्रपतिको स्वकीय सचिवालयले जनाएको छ ।
राष्ट्रपति पौडेल र प्रथम महिला सविता पौडेलले पूजा स्थलमा अस्ताउँदो सूर्यलाई अर्घदान गरेका थिए ।
राष्ट्रपति पौडेल गुहेश्वरीमा पुग्दा राष्ट्रिय सभा सदस्य विष्णुदेवि पुडासैनी, पशुपति विकास कोषका पदाधिकारी, काठमाडौं महानगरपालिका वडा नम्बर ८ का वडा अध्यक्ष आशामान संगत, छठ पूजा आयोजक समितिका पदाधिकारीहरूले स्वागत गरेका थिए ।
