‘भ्वाइस अफ नेपाल’ मा फर्किए प्रमोद खरेल, सातौं सिजन शुक्रबारदेखि सुरू हुने
काठ्माण्डौ- गायन रियालिटी शो ‘भ्वाइस अफ नेपाल’ सातौं सिजनको प्रसारण आउँदो शुक्रबारदेखि सुरू हुने भएको छ।
शोले प्रोमो सार्वजनिक गर्दै कात्तिक १४ गतेदेखि सातौं सिजन प्रसारणमा आउने जानकारी दिएको हो।
सातौं सिजनबाट कोचमा गायक प्रमोद खरेलको पुनरागमन भएको छ। प्रमोदसहित राजु लामा, मेलिना राई र खेम सेञ्चुरीलाई कोचमा देख्न पाइनेछ।
कात्तिक १४ देखि हरेक शुक्रबार र शनिबार राती ८ बजे हिमालय टिभीमा शो प्रसारण हुनेछ।
