क्यान कैलालीका पूर्व अध्यक्ष धामी मृत फेला

धनगढी, ५ कात्तिक ।
कम्प्युटर एशोसियसन महासंघ नेपाल कैलालीका शाखाका पूर्व अध्यक्ष तथा एनसीसीएस कम्प्युटरका सञ्चालनक नरेश सिंह धामी मृत अवस्थामा फेला परेका छन् ।
३ गते साँझदेखि सम्पर्क विहीन भएका धामी बुधवार दिउँसो करीव २ बजेतिर धनगढी उपमहानगरपालिका -४ शिवपुरी मन्दिरको जंगलमा मृत अवस्थामा फेला परेका हुन् ।
कपडा खोलेको अवस्थामा मृत फेला परेका धामीको शव नजिकै वीषको डिब्बा फेला परेको बताईएको छ ।
कार्तिक ३ गते साँझ घरको गेट बन्द गर्न निस्किएका धामी सम्पर्क विहीन भएपछि परिवारजले खोजीका लागि प्रहरीमा निवेदन दिएको थियो ।
आर्थिक समस्यासंग जुधिरहेका धामी सोही कारण केही समययता तनावमा रहेको उनी निकट व्यक्तिहरुले बताएका छन् ।