डेनमार्कमा तिहारको शुभकामना आदान प्रदान कार्यक्रम आयोजना

द एभरेष्ट पोष्ट
४ कार्तिक २०८२ १८:२९
डेनमार्कमा तिहारको शुभकामना आदान प्रदान कार्यक्रम आयोजना

डेनमार्क, १९ अक्टोबर ।
सुन्दर सुदुरपश्चिम कल्याण समाज डेनमार्कको आयोजनामा शनिवार डेनमार्कको कोपनहेगनमा तिहारको शुभकामना आदान–प्रदान कार्यक्रम सम्पन्न भएको छ ।

कार्यक्रममा सहभागी सुदूरपश्चिमेलीहरुले तिहारको शुभकामना आदान प्रदान गर्नुका साथै देउसी–भैलो र देउडा खेलेर रमाईलो गरे ।

परदेशमा आफ्नो कला, संस्कृति र परम्पराहरुको जगेर्नाका लागि यस्ता कार्यक्रमहरु आयोजना गर्नु आवश्यक भएको सहभागीहरुले औल्याए ।

त्यस्तै बालबालिकाहरूका लागि ‘म्युजिकल चेयर’ जस्ता रमाइला खेलहरू पनि सञ्चालन गरिएका थिए ।

कार्यक्रमको सुरुवातमा भदौ २३–२४ मा जेन जी आन्दोलनका क्रममा सहादत प्राप्त गरेका शहिदहरू तथा हमासको आक्रमणमा मारिएका स्वर्गीय विपिन जोशीको सम्झनामा एक मिनेट मौन धारण गरी श्रद्धाञ्जली अर्पण गरिएको थियो ।

समाजका अध्यक्ष कृष्ण धानुकको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन महासचिव निराज कठायतले गरेका थिए ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित

खोज्नुहोस