डेडिकेटेड ट्रंकलाइन विवाद: बक्यौता नतिर्ने उद्योगमा लक्ष्मीपूजा मनाउन दिइने, भोलि लाइन काटिने

काठमाडौं । डेडिकेटेड ट्रंकलाइनको बक्यौता नतिर्ने उद्योगीलाई उज्यालोमा लक्ष्मीपूजा मनाउन दिने नेपाल विद्युत् प्राधिकरणले जानकारी दिएको छ । प्राधिरकणले आज लक्ष्मीपूरा मनाउन दिने र बक्यौता नतिर्ने उद्योगीको मंगलबार लाइन काट्ने भएको छ ।
प्राधिकरणका प्रबन्ध निर्देशक मनोज सिलवालले अनुसार आज लक्ष्मी पूजाको दिन बत्ति दिने र भोलिदेखि मात्रै काट्ने विषयमा करिब टुंगोमा पुगेको क्लिकमान्डुलाई बताए।
यसअघि प्राधिकरणले २१ दिने सूचना निकालेर विजुलीको बक्यौता नतिर्ने उद्योगीको लाइन काट्ने चेतावनी दिएको थियो । बक्यौता नतिर्ने उद्योगीको आजैबाट लाइन काट्नुपर्ने भएपनि एक दिनलाई समय दिने मिश्रले जानकारी दिए ।
अहिलेका ऊर्जामन्त्री कुलमान घिसङ प्राधिकरणको प्रबन्ध निर्देशक हुँदा डेडिकेटेड र ट्रंक लाइनको छुट बिल भन्दै प्रिमियम थपेर बिल पठाएपछि ७ वर्षदेखि यो विवाद कायमै छ । उद्योगीहरुले टाइम अफ दि डे अर्थात् टीओडी मिटर तथ्यांक दिएको अवस्थामा मात्रै पैसा तिर्ने अडान राख्दै आएका छन् ।
प्रिमियम थपेर बिल पठाएको प्राधिकरणले अहिलेसम्म प्रमाण दिन सकेको छैन । तर प्राधिकरणले उद्योगमा लाइन काटेरै बक्यौता उठाउने रणनीति अख्तियार गरेको छ ।